लेखक: democracyresource.org

दोश्रो चरण निर्वाचनको मतगणनापछि भएका घटना विश्लेषण: अद्यावधि — १०

असार १४ मा भएको दोश्रो चरण निर्वाचनको मतगणना असार २७ मा सम्पन्न भए पश्चात् नेपाल मोनिटरको तथ्याङ्कअनुसार असार २८ देखि साउन १८ को अवधिमा निर्वाचनसम्बन्धी एक घटना घट्यो । फागुन ९, २०७३ मा स्थानीय निर्वाचन घोषणा भएपछिको अवधिहरूमा निर्वाचनसम्बन्धी रेकर्ड गरिएका घटनाहरुमध्ये, यो सबैभन्दा न्यून घटना संख्या हो । स्थानीय तह पुनर्संरचनाप्रति असहमति जाहेर गरिएको थप एउटा घटना यस अवधिमा रेकर्ड गरियो । तेश्रो चरण निर्वाचनमा अझै पाँच हप्ताभन्दा बढी समय बाँकी रहेको अवस्थामा राजनीतिक दलहरूले गतिविधि नगरेको हुनाले यस अवधिमा र्वाचनसम्बन्धी घटनामा उल्लेखनीय कमी आएको हुन सक्छ ।

असार १४ मा सम्पन्न निर्वाचनको मतगणना अवधिमा भएका घटना विश्लेषण: अद्यावधि — ९

यस अवधिमा घटेका १४ घटनामध्ये आठ घटना विभिन्न प्रतिस्पर्धी दलका कार्यकर्ताहरूबीच झडपको रहयो भने दुई घटनामा अज्ञात समूह संलग्न रहे । अन्य चार घटनाहरु यस प्रकार छन्: झापाको दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताहरूले निर्वाचन आयोगले पहिला उनीहरूको पक्षमा रहेको निर्वाचन परिणामलाई बदलेको विरोधमा प्रदर्शन गरे; एउटा मतपत्र हराएपछि मुख्य दलहरूले झापाको
अर्जुनधारा नगरपालिकाको मतगणना केन्द्रमा तालाबन्दी गरे; नेपाली काँग्रेसका कार्यकर्ताहरूले निर्वाचनमा आफ्नै दललाई अन्तर्घात गरेको भन्दै एकजना कार्यकर्तालाई कालोमोसो दले; र निर्वाचन विरोधी गतिविधि गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकर्ताहरू र स्वतन्त्र मधेशको अभियानमा रहेको एउटा समूहको एकजना कार्यकर्तालाई प्रहरीले समात्यो ।

असार १४ को निर्वाचनअघि प्रचारप्रसार अवधिमा भएका घटनाहरु विश्लेषण: अद्यावधि — ८

असार १ मा नेपाल सरकारले प्रदेश २ मा दोश्रो चरणको निर्वाचन स्थगन गर्दै असोज २ मा गर्ने तर प्रदेश १, ५ र ७ मा तोकिएकै मिति असार १४ मा नै सम्पन्न गर्ने घोषणा गर्यो । सरकारले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रदेश २ मा चुनावमा भाग लिनको निम्ति वातावरण बनाउन अझ बढी समय लिन सो निर्णय राजपासँगको समझदारीमा लिएको बतायो । राजपाले, यद्यपि, त्यस्तो कुनै सम्झौता नगरेको भन्दै सबै प्रदेशमा निर्वाचन स्थगन गर्नुपर्ने आह्वान जारी नै राख्यो । उनीहरुको माग सम्बोधन नहुञ्जेल निर्वाचनमा भाग नलिने अडान दोहो¥याउँदै राजपाले असार १४ को चुनाव बहिष्कार गर्ने र बिथोल्ने घोषणा गर्यो ।असार १ मा नेपाल सरकारले प्रदेश २ मा दोश्रो चरणको निर्वाचन स्थगन गर्दै असोज २
मा गर्ने तर प्रदेश १, ५ र ७ मा तोकिएकै मिति असार १४ मा नै सम्पन्न गर्ने घोषणा ग¥यो ।ज्ञ सरकारले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रदेश २ मा चुनावमा भाग लिनको निम्ति वातावरण बनाउन अझ बढी समय लिन सो निर्णय राजपासँगको समझदारीमा लिएको बतायो । राजपाले, यद्यपि, त्यस्तो कुनै सम्झौता नगरेको भन्दै सबै प्रदेशमा निर्वाचन स्थगन गर्नुपर्ने आह्वान जारी नै राख्यो । उनीहरुको माग सम्बोधन
नहुञ्जेल निर्वाचनमा भाग नलिने अडान दोहो¥याउँदै राजपाले असार १४ को चुनाव बहिष्कार गर्ने र बिथोल्ने घोषणा गर्यो ।

Factsheet 2 – Local Level Election, Silence Period and Election Day: Second Phase

On June 28, 2017, more than 6.4 million voters were called upon to participate in the second phase of Nepal’s local polls, electing more than 15,000 local representatives in 334 local units across Provinces 1, 5, and 7. According to the Election Commission of Nepal voter turnout was 73.69 percent, similar to the May 14 first phase elections. Polling was postponed until September 18 in Province 2 after the government could not reach an agreement with agitating Rastriya Janata Party Nepal (RJPN).

दोस्रो चरणको स्थानीय तह निर्वाचन (असार १४) अगाडिका घटनाहरु विश्लेषण: अद्यावधि — ७

असार १४ मा हुने भनिएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको तयारी र प्रचार–प्रसारमा तीव्रता आएसँगै प्रदेश १, २, ५ र ७ मा निर्वाचनसम्बन्धी घटनामा उल्लेख्य वृद्धि देखियो । वैशाख २९ देखि जेठ ७ बीच १९ घटनाका तुलनामा जेठ ९ र २८ को अवधिमा नेपाल मनिटरको तथ्याङ्कअनुसार यी प्रदेशहरुमा ४६ घटना घटे । उता प्रदेश ३, ४ र ६ मा निर्वाचनसम्बन्धी घटनाहरुमा कमी आउने सिलसिला जारी
रहयो ।

वैशाख ३१ मा सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको मतगणना अवधिमा भएका घटनाहरु विश्लेषण: अद्यावधि — ६

पहिलो चरणको स्थानीय तहको निर्वाचन वैशाख ३१ मा सम्पन्न भएसँगै सम्पूर्ण देशको ध्यान मतगणनातिरद्द केन्द्रित भएपछि निर्वाचनसम्बन्धी घटनामा निकै कमी आयो । नेपाल मोनिटरको तथ्याङ्कअनुसार जेठ १–७ को अवधिमा निर्वाचनसम्बन्धी १३ घटना घटे जबकी वैशाख २९–३१ को तीन दिनको अवधिमा ८१ घटना भए ।

वैशाख ३१ को निर्वाचनअघि प्रचारप्रसार अवधिमा भएका घटनाहरु विश्लेषण: अद्यावधि — ५

पहिलो चरणको चुनाव वैशाख ३१ मा नजिकिदै जाँदा राजनीतिक दलहरुले आ–आफ्ना चुनावी गतिविधि बढाउन थालेपछिको यस अवधिमा प्रदेश ३, ४ र ६ मा निर्वाचनसम्बन्धी घटना उल्लेखनीय रुपमा बढ्यो। वैशाख ९ देखि २७ को अवधिमा नेपाल मोनिटरले सङ्कलन गरेको तथ्याङ्कअनुसार प्रदेश ३, ४ र ६ मा ५६ घटना घटे।