महिना: अक्टोबर 2017
Preliminary Statement on September 18 Third Phase Local Elections (October 2017)
On September 18, 2017, the third and final phase of local elections was held in Province 2 consisting of eight Tarai districts. Voters in newly formed local units turned out in impressive numbers to elect new representatives. Democracy Resource Center Nepal (DRCN) conducted long-term and short-term observations of these elections to provide a critical and independent assessment of the electoral and political processes around the elections. This preliminary statement outlines findings and makes recommendations based on DRCN’s observation before, during, and after the third phase of local elections.
पहिलो चरण प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको उम्मेदवार मनोनयन दर्ता अघि घटेका घटना विश्लेषण: अद्यावधि — १४
पहिलो चरण प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन अघि असोज १३ देखि कात्तिक ४ सम्म को अवधिमा निर्वाचनसम्बन्धी छ घटना घटेको रेकर्ड गरियो ।ज्ञ छमध्ये तीन घटना प्रदेश २ मा तेश्रो चरण स्थानीय तह निर्वाचनसम्बन्धी थिए । एक घटना तलबको लागि निर्वाचन अधिकारीहरूले विरोध प्रदर्शन गरेसम्बन्धी थियो । दोश्रो घटना मतगणनामाथि विवाद र तेश्रो विजय जुलुसमा राजनीतिक दलहरूबीच झडपका थिए । अन्य तीन घटना आउँदो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्बन्धी थिए । ती मध्ये दुइटा घटना उम्मेदवार चयन र एउटा राजनीतिक दलका कार्यकर्ताहरूले मतदाताहरूलाई धम्की दिएको सम्बन्धी थिए ।
तेश्रो चरण निर्वाचनको मतगणना अवधिमा भएका घटना विश्लेषण: अद्यावधि — १३
तेश्रो चरण निर्वाचनको मतगणना अवधिमा निर्वाचनसम्बन्धी आठ घटना घटे । तीनै चरणको निर्वाचनको मतगणना अवधिमा सबैभन्दा न्यून संख्यामा घटना घटेको यही नै हो । पहिलो चरणको मतगणना अवधिमा निर्वाचनसम्बन्धी १३ घटना रेकर्ड भए भने दोश्रो चरणमा १४ घटना रेकर्ड भए । तीनै चरणको निर्वाचनको समाप्तीपछि निर्वाचनसम्बन्धी सबैभन्दा कम घटना तेश्रो चरणको अवधिमा प्रदेश २ मा घटे । तेश्रो चरणको अवधिमा भएका आठ घटनामध्ये पाँच घटना राजनीतिक दलहरुबीच झडपसम्बन्धीे थिए, जसमध्ये एक रदातमा एकजना राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) कार्यकर्ताको मृत्यु भयो । तीन घटना मतगणना केही समयको लागि स्थगन भएसम्बन्धी थिए ।