प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: पर्यवेक्षण प्रतिवेदन
नेपालको लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण मोडमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) ले पर्यवेक्षण गरेको थियो । सोही पर्यवेक्षणको आधारमा तयार भएको हो यो – प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ : पर्यवेक्षण प्रतिवेदन । यस प्रतिवेदनमा निर्वाचन आयोगको तयारी, सुरक्षा व्यवस्था, मतदाता शिक्षादेखि राजनीतिक दलका गतिविधि, आचारसंहिता पालना, डिजिटल प्रचारप्रसार र सामाजिक सञ्जालको प्रभावसम्मका पक्षको गहन विश्लेषण गरिएको छ।विशेषतः सामाजिक सञ्जालले विस्थापन गर्दै गरेको परम्परागत प्रचार शैली; महिला, दलित र युवाको सहभागिता; सुरक्षा चुनौती र व्यवस्थापन तथा लोकतान्त्रिक अभ्यासका सकारात्मक र सुधारयोग्य आयामको लेखाजोखा यस प्रतिवेदनका मुख्य विषयवस्तु हुन् । यसले आगामी निर्वाचनलाई अझ राम्रो बनाउनका लागि व्यावहारिक सुझाव पनि प्रस्तुत गरेको छ । निर्वाचन व्यवस्थापन, पारदर्शिता र लोकतन्त्र सुदृढीकरणमा रुचि राख्ने सबैका लागि यो प्रतिवेदन एक महत्त्वपूर्ण सन्दर्भ सामग्री हो ।