सार्वजनिक सेवा पुन: सञ्चालन तथा शासन सुधार : जेन–जी आन्दोलनपछिको सन्दर्भ
भदौ २३-२४, २०८२ मा भएको जेन–जी आन्दोलनमा सरकारी भवन, अभिलेख र पूर्वाधारमा क्षति पुग्दा अवरुद्ध सार्वजनिक सेवा राज्यले कसरी पुनःस्थापित गर्यो ? ३७ सरकारी कार्यालयको अध्ययन र १२५ सरोकारवालासँगको अन्तर्वार्तामा आधारित डीआरसीएनको यस प्रतिवेदनले सार्वजनिक सेवा पुनःसञ्चालन र सुशासन सुधारका सम्भावनाको विश्लेषण गरेको छ ।
साझेदारी गर्नुहोस्: