विस्तृत प्रतिवेदन: नेपालमा स्थानीय तथा प्रदेश सरकारको कार्य सञ्चालन र चुनौती

तीनै तहका निर्वाचनको पर्यवेक्षण अवलोकन गरेपश्चात डीआरसीएनले २०७४ पुसबाट स्थानीय तथा प्रादेशिक सरकारले सुरु गरेका कामको अध्ययन थाल्यो । २०७४ पुस दोस्रो साताबाट पाँच भिन्न क्षेत्रमा पाँच भिन्न समूह खटाएर अध्ययन थालिएको थियो । प्रत्येक समूहमा दुई अनुसन्धाता सहभागी थिए । पाँच अनुसन्धान समूह बिराटनगर, जनकपुर, पोखरा, दाङ र धनगढीलाई केन्द्र बनाएर बसे भने तोकिएको क्षेत्रका जिल्लाहरूको नियमित अध्ययन–भ्रमण गरे । अध्ययनको यो सिलसिलामा डीआरसीएन अनुसन्धान समूहले जम्मा १४५ स्थानीय एकाइ (६७ नगरपालिका र ७८ गाउँपालिका) र ५४ जिल्लाको भ्रमण गरे । अध्ययनका क्रममा दुई हजारभन्दा बढी व्यक्तिहरूसँग अन्तरवार्ता गरे ।

साझेदारी गर्नुहोस्: