महिना: नोभेम्बर 2023

नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माणमा ढिलाइ

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक फागुन २५, २०७९ मा प्रतिनिधिसभामा दर्ता भएको छ । प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिमा उक्त विधेयकसम्बन्धमा गठित उपसमितिले मस्यौदाका धेरै विषयमा सहमति जुटाए पनि विधेयक अहिले समितिमै विचाराधीन  छ । द्वन्द्व पीडितहरूले अहिलेको विधेयकमा छलफल गर्नुपर्ने बुँदाहरूलाई चाँडै सल्टाएर पास गर्न माग गरेका छन् । सत्ता पक्ष र प्रतिपक्षको राजनीतिक लेनदेन र स्वार्थको कोपभाजनमा परी विधेयक पास हुन ढिला भएको छ । तसर्थ विधेयक पास गरी पीडितहरूको सहभागिता र सहकार्यमा सङ्क्रमणकालीन न्यायसम्बन्धी कामकारवाही निष्कर्षमा पुर्‍याउन अति आवश्यक देखिन्छ । यस राजनीतिक परिवेश विश्लेषणमा सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माण गर्न भइरहेको ढिलाइका पक्षबारे केलाउने कोसिस गरिएको छ ।

राजनीतिक स्वार्थको कोपभाजनमा सङ्क्रमणकालीन न्याय ऐन

अंकलाल चलाउने/अनुशा बस्नेत/चिरन मानन्धर द्वन्द्वरत नेकपा माओवादी र तत्कालीन सरकारबीच भएको विस्तृत शान्ति सम्झौताले १७…