वर्ग राजनीतिक/घटना/विश्लेषण अपडेट
दोस्रो चरणको स्थानीय तह निर्वाचन (असार १४) अगाडिका घटनाहरु विश्लेषण: अद्यावधि — ७
असार १४ मा हुने भनिएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको तयारी र प्रचार–प्रसारमा तीव्रता आएसँगै प्रदेश १, २, ५ र ७ मा निर्वाचनसम्बन्धी घटनामा उल्लेख्य वृद्धि देखियो । वैशाख २९ देखि जेठ ७ बीच १९ घटनाका तुलनामा जेठ ९ र २८ को अवधिमा नेपाल मनिटरको तथ्याङ्कअनुसार यी प्रदेशहरुमा ४६ घटना घटे । उता प्रदेश ३, ४ र ६ मा निर्वाचनसम्बन्धी घटनाहरुमा कमी आउने सिलसिला जारी
रहयो ।
वैशाख ३१ मा सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको मतगणना अवधिमा भएका घटनाहरु विश्लेषण: अद्यावधि — ६
पहिलो चरणको स्थानीय तहको निर्वाचन वैशाख ३१ मा सम्पन्न भएसँगै सम्पूर्ण देशको ध्यान मतगणनातिरद्द केन्द्रित भएपछि निर्वाचनसम्बन्धी घटनामा निकै कमी आयो । नेपाल मोनिटरको तथ्याङ्कअनुसार जेठ १–७ को अवधिमा निर्वाचनसम्बन्धी १३ घटना घटे जबकी वैशाख २९–३१ को तीन दिनको अवधिमा ८१ घटना भए ।
वैशाख ३१ को निर्वाचनअघि प्रचारप्रसार अवधिमा भएका घटनाहरु विश्लेषण: अद्यावधि — ५
पहिलो चरणको चुनाव वैशाख ३१ मा नजिकिदै जाँदा राजनीतिक दलहरुले आ–आफ्ना चुनावी गतिविधि बढाउन थालेपछिको यस अवधिमा प्रदेश ३, ४ र ६ मा निर्वाचनसम्बन्धी घटना उल्लेखनीय रुपमा बढ्यो। वैशाख ९ देखि २७ को अवधिमा नेपाल मोनिटरले सङ्कलन गरेको तथ्याङ्कअनुसार प्रदेश ३, ४ र ६ मा ५६ घटना घटे।
Analysis Update 4 – Incidents and Electoral Environment around Local Elections
After the Madheshi Morcha1 withdrew its support from the government2 on March 15, Morcha cadres intensified protests across the Tarai while demanding that the constitution be amended before local elections.3 From April 1-21, 51 incidents related to the local-elections and local-level-restructuring were reported across Nepal.
मधेशी मोर्चाले सरकारबाट समर्थन फिर्ता लिएपश्चात भएका घटनाहरु र चुनावी वातावरण विश्लेषण: अद्यावधि — ३
चैत ३ देखि १८ को अवधिमा मोर्चाले स्थानीय निर्वाचनको विरोध गरेको कम्तीमा २४ घटना घटे । सरकारी कार्यालयहरुलाई घेराउ तथा तालाबन्दी गर्नुदेखि भर्खरै स्थापित स्थानीय तहका कार्यालयहरुको साइनबोर्ड झिक्नु र तोडफोडसम्मका घटनाहरु भए । अधिकांश घटनाहरु प्रदेश २ मा घटे । मोर्चाको विरोध कार्यक्रम दौरान कुनै पनि झडप तथा हिंसात्मक घटना भएन ।
निर्वाचनको वातावरणमा सप्तरी घटनाको असर विश्लेषणः अद्यावधि — २
नेपाल सरकारले २०७३ फागुन ९ गते विगत बीस वर्षमा पहिलो स्थानीय तहको निर्वाचन २०७४ बैशाख ३१ मा सम्पन्न हुने घोषणा गर्यो ।नागरिकहरु आफ्ना समुदायमा स्थानीय प्रतिनिधिहरु चयन गर्न आतुर रहेको हुनाले यस घोषणाको प्रतीक्षामा नै थिए । तथापि यस घोषणासँगै तराईका विभिन्न ठाउँमा विरोध र हिंसात्मक झडपहरु भए, जहाँ संविधान विवादित रहेको छ र चुनाव हुनु अगावै विभिन्न राजनीतिक मुद्दाहरु समाधान गरिनुपर्ने लामो समयदेखिको माग छ । मधेशी प्रदशर्नकारी र नेकपा (एमाले) का कार्यकर्ताहरुबीच झडप र यी दुई समूहबीचको तनाव समाधान गर्न सुरक्षा दस्ताहरु परिचालित हुँदा कम्तीमा चार जनाको मृत्यु भयो र अनेकौं घाइते भए । राजनीतिक समाधान नखोजिकनै मुलुक निर्वाचनतर्फ अगडि बढ्ने हो भने विरोध, झडप, र परिणामतः हिंसात्मक घटनाहरु निरन्तर जारी रहने गहिरो चिन्ता विद्यमान छ ।
स्थानीय तह निर्वाचन घोषणाको सेरोफेरोमा भएका राजनीतिक परिचालन तथा घटनाहरु विश्लेषण : अद्यावधि— १