वर्ग राजनीतिक परिवेश विश्लेषण
विपद् व्यवस्थापनमा सरकारी प्रयास र कमजोरी
नेपालको विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय सरकारका कानुनी तथा नीतिगत व्यवस्था र आपसी समन्वयका चुनौतीहरूबारे यो विश्लेषण केन्द्रित छ । यसले भविष्यमा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई बलियो बनाउन आवश्यक नीति र संस्थागत सुधारहरूको समीक्षा पनि गर्दछ ।
जिल्ला समन्वय समितिको औचित्यबारे बाहस
जिल्ला समन्वय समितिले अधिकार कार्यान्वयनमा सामना गर्नु परेका चुनौतिमा यो विश्लेषण केन्द्रित छ ।
बजेटको अर्थशास्त्र र राजनीति
यो राजनीतिक परिवेश विश्लेषणले आर्थिक वर्ष २०८१/०८२ का लागि संघ सरकारले ल्याएको बजेटका प्रवृत्ति र प्राथमिकतालाई प्रकाश पार्छ । साथै, यसले विभिन्न क्षेत्रहरूमा बजेट विनियोजन, राजस्वको प्राथमिक स्रोत र खर्चको प्रवृत्ति र बजेटको राजनीतिक पक्ष आदिबारे केलाएको छ ।
सङ्घीय निजामति सेवा विधेयक : प्रशासनिक सङ्घीयता सुधारको अवसर
यस राजनीतिक परिवेश विश्लेषणमा सङ्घीय निजामति सेवा विधेयकको मस्यौदा तयारीदेखि प्रतिनिधिसभामा प्रवेश र फिर्ता अनि पुनः नयाँ विधेयक दर्ताका घटनाक्रमको विवेचना छ । विभिन्न स्वार्थ समूहको विरोधाभासपूर्ण रुचिका कारण यसमा भएको ढिलाईको चर्चा पनि यहाँ छ । त्यसबाहेक पछिल्लो विधेयकमा भएका केही नयाँ प्रावधानहरूको लेखाजोखा पनि यसमा गरिएको छ ।
पहिचान राजनीतिको पृष्ठभूमिमा इलाम उपनिर्वाचन
वैशाख १५, २०८१ मा सम्पन्न इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ उपनिर्वाचनको राजनीतिक वातावरण, निर्वाचन आयोग नेपालको तयारी, प्रचारप्रसार लगायतका पक्षलाई यस विश्लेषणमा समेटिएको छ ।
अस्थिर सत्ता समीकरणका प्रभाव
नेपालमा बरम्बार भैरहने सत्ता समीकरणको फेरबदल र त्यसले पारेको प्रभाबारे यो विश्लेषण केन्द्रित छ ।
मधेश प्रदेश : आन्दोलनदेखि संघीयता कार्यन्वयनसम्म
संघीय संविधान जारी भएको आठ वर्षमा मधेश प्रदेशले के-कस्तो प्रगति हासिल गर्यो, आन्दोलनदेखि संघीयता कार्यान्वयन हुँदासम्म मधेशका के-कति अपेक्षा पूरा भए, र प्रदेश कसरी अगाडि बढिरहेको छ भन्ने विषयमा यो विश्लेषण केन्द्रित छ ।