यस राजनीतिक परिवेश विश्लेषणले नेपालमा माओवादी सशस्त्र द्वन्द्वका क्रममा यौन हिंसा भोगेका पीडितहरूले सामना गरिरहेका चुनौतीको विश्लेषण गर्दछ । यसमा कानुनी तथा संस्थागत अवरोध, सामाजिक लाञ्छना, उजुरी दर्ता तथा अनुसन्धान प्रक्रिया, अन्तरिम राहत र परिपूरणको पहुँचमा हुने विभेद तथा राजनीतिक जवाफदेहिताका विषय समेटिएका छन् । साथै, पीडितको पहिचान र सम्मान सुनिश्चित गर्न तथा न्यायमा पहुँच स्थापना गर्न भएका प्रगति र विद्यमान कमी-कमजोरीको समीक्षा गर्दछ ।