ट्याग: स्थानीय तह
दोश्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अघिको चुनावी अभियान अवधिमा भएका घटनाहरू विश्लेषण: अद्यावधि — १६
मङ्सिर ११ र १८ को अवधिमा निर्वाचनसम्बन्धी ६४ घटना घटेको रेकर्ड गरियो । यस अवधिमा घटेका घटनाहरूमध्ये ५० घटना अज्ञात समूह तथा विस्फोटक पदार्थसम्बन्धी थिए, आठ घटना नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संलग्न थिए, दुई घटना अन्तरपार्टी विवादसम्बन्धी थिए, एक घटना राजनीतिक दलका कार्यकर्ताहरू र प्रहरीबीच झडपको थियो, दुई घटना विस्फोटक पदार्थसहित केही व्यक्ति समाातिएका थिए र एक घटनामा पचास ओटा अवैधानिक मतपत्रसहित एकजना निर्वाचन अधिकारी समाातिएका थिए ।
नेपालको स्थानीय निर्वाचन २०७४ को पर्यवेक्षण
One major feature of the new constitution promulgated on September 2015 was the restructuring of…
पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अघिको चुनावी अभियान अवधिमा भएका घटनाहरु विश्लेषण: अद्यावधि — १५
कात्तिक ५ देखि मंसिर ७ सम्म ११४ चुनावसम्बन्धी घटनाहरु नेपाल मनिटरले रेकर्ड गर्यो, जबकी असोज १३ देखि कात्तिक ४ सम्म मात्र छ घटना घटेका थिए ।द्द घटनाहरुको संख्या बढ्नुको कारण यस प्रकार पाइयो: मुख्य पार्टीहरुको प्रचार बढ्नु, अज्ञात समूहहरुबाट उम्मेदवारमाथि हमला धेरै हुनु र सुरक्षाकर्मीद्वारा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुलाई चुनाव विरोधी गतिविधि गरेको भनेर पक्राउ गर्नु ।
पहिलो चरण प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको उम्मेदवार मनोनयन दर्ता अघि घटेका घटना विश्लेषण: अद्यावधि — १४
पहिलो चरण प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन अघि असोज १३ देखि कात्तिक ४ सम्म को अवधिमा निर्वाचनसम्बन्धी छ घटना घटेको रेकर्ड गरियो ।ज्ञ छमध्ये तीन घटना प्रदेश २ मा तेश्रो चरण स्थानीय तह निर्वाचनसम्बन्धी थिए । एक घटना तलबको लागि निर्वाचन अधिकारीहरूले विरोध प्रदर्शन गरेसम्बन्धी थियो । दोश्रो घटना मतगणनामाथि विवाद र तेश्रो विजय जुलुसमा राजनीतिक दलहरूबीच झडपका थिए । अन्य तीन घटना आउँदो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्बन्धी थिए । ती मध्ये दुइटा घटना उम्मेदवार चयन र एउटा राजनीतिक दलका कार्यकर्ताहरूले मतदाताहरूलाई धम्की दिएको सम्बन्धी थिए ।
तेश्रो चरण निर्वाचनको मतगणना अवधिमा भएका घटना विश्लेषण: अद्यावधि — १३
तेश्रो चरण निर्वाचनको मतगणना अवधिमा निर्वाचनसम्बन्धी आठ घटना घटे । तीनै चरणको निर्वाचनको मतगणना अवधिमा सबैभन्दा न्यून संख्यामा घटना घटेको यही नै हो । पहिलो चरणको मतगणना अवधिमा निर्वाचनसम्बन्धी १३ घटना रेकर्ड भए भने दोश्रो चरणमा १४ घटना रेकर्ड भए । तीनै चरणको निर्वाचनको समाप्तीपछि निर्वाचनसम्बन्धी सबैभन्दा कम घटना तेश्रो चरणको अवधिमा प्रदेश २ मा घटे । तेश्रो चरणको अवधिमा भएका आठ घटनामध्ये पाँच घटना राजनीतिक दलहरुबीच झडपसम्बन्धीे थिए, जसमध्ये एक रदातमा एकजना राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) कार्यकर्ताको मृत्यु भयो । तीन घटना मतगणना केही समयको लागि स्थगन भएसम्बन्धी थिए ।
दोश्रो चरण निर्वाचनको मतगणनापछि भएका घटना विश्लेषण: अद्यावधि — १०
असार १४ मा भएको दोश्रो चरण निर्वाचनको मतगणना असार २७ मा सम्पन्न भए पश्चात् नेपाल मोनिटरको तथ्याङ्कअनुसार असार २८ देखि साउन १८ को अवधिमा निर्वाचनसम्बन्धी एक घटना घट्यो । फागुन ९, २०७३ मा स्थानीय निर्वाचन घोषणा भएपछिको अवधिहरूमा निर्वाचनसम्बन्धी रेकर्ड गरिएका घटनाहरुमध्ये, यो सबैभन्दा न्यून घटना संख्या हो । स्थानीय तह पुनर्संरचनाप्रति असहमति जाहेर गरिएको थप एउटा घटना यस अवधिमा रेकर्ड गरियो । तेश्रो चरण निर्वाचनमा अझै पाँच हप्ताभन्दा बढी समय बाँकी रहेको अवस्थामा राजनीतिक दलहरूले गतिविधि नगरेको हुनाले यस अवधिमा र्वाचनसम्बन्धी घटनामा उल्लेखनीय कमी आएको हुन सक्छ ।
असार १४ मा सम्पन्न निर्वाचनको मतगणना अवधिमा भएका घटना विश्लेषण: अद्यावधि — ९
यस अवधिमा घटेका १४ घटनामध्ये आठ घटना विभिन्न प्रतिस्पर्धी दलका कार्यकर्ताहरूबीच झडपको रहयो भने दुई घटनामा अज्ञात समूह संलग्न रहे । अन्य चार घटनाहरु यस प्रकार छन्: झापाको दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताहरूले निर्वाचन आयोगले पहिला उनीहरूको पक्षमा रहेको निर्वाचन परिणामलाई बदलेको विरोधमा प्रदर्शन गरे; एउटा मतपत्र हराएपछि मुख्य दलहरूले झापाको
अर्जुनधारा नगरपालिकाको मतगणना केन्द्रमा तालाबन्दी गरे; नेपाली काँग्रेसका कार्यकर्ताहरूले निर्वाचनमा आफ्नै दललाई अन्तर्घात गरेको भन्दै एकजना कार्यकर्तालाई कालोमोसो दले; र निर्वाचन विरोधी गतिविधि गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकर्ताहरू र स्वतन्त्र मधेशको अभियानमा रहेको एउटा समूहको एकजना कार्यकर्तालाई प्रहरीले समात्यो ।
असार १४ को निर्वाचनअघि प्रचारप्रसार अवधिमा भएका घटनाहरु विश्लेषण: अद्यावधि — ८
असार १ मा नेपाल सरकारले प्रदेश २ मा दोश्रो चरणको निर्वाचन स्थगन गर्दै असोज २ मा गर्ने तर प्रदेश १, ५ र ७ मा तोकिएकै मिति असार १४ मा नै सम्पन्न गर्ने घोषणा गर्यो । सरकारले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रदेश २ मा चुनावमा भाग लिनको निम्ति वातावरण बनाउन अझ बढी समय लिन सो निर्णय राजपासँगको समझदारीमा लिएको बतायो । राजपाले, यद्यपि, त्यस्तो कुनै सम्झौता नगरेको भन्दै सबै प्रदेशमा निर्वाचन स्थगन गर्नुपर्ने आह्वान जारी नै राख्यो । उनीहरुको माग सम्बोधन नहुञ्जेल निर्वाचनमा भाग नलिने अडान दोहो¥याउँदै राजपाले असार १४ को चुनाव बहिष्कार गर्ने र बिथोल्ने घोषणा गर्यो ।असार १ मा नेपाल सरकारले प्रदेश २ मा दोश्रो चरणको निर्वाचन स्थगन गर्दै असोज २
मा गर्ने तर प्रदेश १, ५ र ७ मा तोकिएकै मिति असार १४ मा नै सम्पन्न गर्ने घोषणा ग¥यो ।ज्ञ सरकारले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रदेश २ मा चुनावमा भाग लिनको निम्ति वातावरण बनाउन अझ बढी समय लिन सो निर्णय राजपासँगको समझदारीमा लिएको बतायो । राजपाले, यद्यपि, त्यस्तो कुनै सम्झौता नगरेको भन्दै सबै प्रदेशमा निर्वाचन स्थगन गर्नुपर्ने आह्वान जारी नै राख्यो । उनीहरुको माग सम्बोधन
नहुञ्जेल निर्वाचनमा भाग नलिने अडान दोहो¥याउँदै राजपाले असार १४ को चुनाव बहिष्कार गर्ने र बिथोल्ने घोषणा गर्यो ।