ट्याग: कानून नीति
दोस्रो चरणको स्थानीय तह निर्वाचन (असार १४) अगाडिका घटनाहरु विश्लेषण: अद्यावधि — ७
असार १४ मा हुने भनिएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको तयारी र प्रचार–प्रसारमा तीव्रता आएसँगै प्रदेश १, २, ५ र ७ मा निर्वाचनसम्बन्धी घटनामा उल्लेख्य वृद्धि देखियो । वैशाख २९ देखि जेठ ७ बीच १९ घटनाका तुलनामा जेठ ९ र २८ को अवधिमा नेपाल मनिटरको तथ्याङ्कअनुसार यी प्रदेशहरुमा ४६ घटना घटे । उता प्रदेश ३, ४ र ६ मा निर्वाचनसम्बन्धी घटनाहरुमा कमी आउने सिलसिला जारी
रहयो ।