स्वास्थ्य, कृषि तथा पशुपन्छी र विपद् व्यवस्थापनमा स्थानीय तह

नागरिकको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने स्वास्थ्य, कृषि तथा पशुपन्छी र विपद् व्यवस्थापनका क्षेत्रमा स्थानीय सरकारहरूको प्राथमिकता, कार्यसम्पादन र प्रभावकारिताको लेखाजोखा यस अध्ययनमा गरिएको छ । मुलत: गुणात्मक विधिमा आधारित यस अध्ययनका लागि सातै प्रदेशका २४ स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक र नागरिक समाजका प्रतिनिधिहरूसँगको अन्तर्वार्तामार्फत तिनको कार्यसञ्चालनबारे जानकारी सङ्कलन गरिएको थियो ।

साझेदारी गर्नुहोस्: