विपद् व्यवस्थापन र भूकम्पपछिको पुनर्निर्माणमा स्थानीय सरकारको भूमिका (वैशाख २०७६)
२०७५ को चैतमा डेमोक्रेसी रिसोर्स सेन्टर नेपालले (डीआरसीएन) द एसिया फाउन्डेशनको सहयोगमा विपद् व्यवस्थापन तथा पुनर्निर्माणमा स्थानीय सरकारको भूमिकाबारे स्थलगत तहबाटै जानकारी प्राप्त गर्ने हेतुले अध्ययन गर्यो। यो अध्ययनको उद्देश्य स्थानीय सरकारका दृष्टिकोण, अनुभव र आवश्यकतालाई अभिलेखबद्ध गरी तिनका चुनौती र अवसर औल्याउनु र अन्ततः स्थानीय तहमा भविष्यमा आइलाग्ने विपद्को सामना गर्ने तयारी कार्यमा सुधार ल्याउनु हो ।
साझेदारी गर्नुहोस्: