राजनीतिक सहभागितामा लैङ्गिक समावेशीकरण सम्बन्धी क्षेत्रीय सञ्जाल निर्माण
फागुन २०८०
- साउन २०८१

डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) ले नेपाली राजनीतिमा महिला : उपलब्धि र चुनौती विषयक अनुसन्धान गरेको थियो । द एशिया फाउन्डेसनले आर्थिक तथा प्राविधिक सहयोगमा राजनीतिक सहभागितामा लैङ्गिक समावेशीकरण सम्बन्धी क्षेत्रीय सञ्जाल निर्माण परियोजना अन्तर्गत नेपाल, बंगलादेश र श्रीलंकामा यो अध्ययन गरिएको थियो । परियोजना श्रीलंकामा आधारित संस्था पिपुल्स एक्सन फर फ्री एण्ड फेयर इलेक्सन (PAFFREL) ले नेतृत्व गरेको थियो । मार्च देखि अगस्ट २०२३ सम्मको अवधिमा भएको यस अध्ययनमा नेपालको लागि डीआरसीएनले र र वेभ फाउन्डेसन (Wave Foundation) ले बंगलादेशमा अनुसन्धान गरेको थियो । प्रत्येक संस्थाले देशभित्रको प्रतिवेदन तयार गरे र अक्टोबर २०२४ मा श्रीलंकाको कोलम्बोमा संयुक्त प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
साझेदारी गर्नुहोस्: