पुनर्निर्माण र विपद व्यवस्थापन
फाल्गुण २०७२
चलिरहेको

२०७५ पौषबाट नेपाल पुनर्निर्माण प्राधिकरण (एनआरए) ले पुनर्निर्माण सम्बन्धीको धेरै जिम्मेवारी भूकम्प प्रभावित क्षेत्रका स्थानीय सरकारहरूलाई हस्तान्तरण गर्यो। नयाँ संघीय संरचना अन्तर्गत स्थानीय सरकारहरूसँग विपद व्यवस्थापन गर्न कानून र नीति निर्माण गरी लागु गर्न संवैधानिक अधिकार पनि छ।
यस सन्दर्भमा, पुनर्निर्माण र विपद जोखिम व्यवस्थापनमा प्रभावकारी रूपमा संलग्न हुन स्थानीय सरकारहरूको क्षमता, स्रोत, रुचि र आवश्यकतालाई राम्रोसँग बुझ्न जरूरी छ। २०७५ चैतमा, एसिया फाउन्डेशनको सहयोगमा डीआरसीएनले पुनर्निर्माण र विपद व्यवस्थापनमा स्थानीय सरकारको भूमिका बारे स्थानीय-स्तरमा अनुसन्धान गर्यो।
केही प्रतिवेदनहरू अंग्रेजीमा मात्र उपलब्ध छन्।
साझेदारी गर्नुहोस्: