नेपालमा समावेशी राजनीतिक सहभागिता र सामाजिक-आर्थिक विकासमा राजनीतिक खर्च
असोज २०८१
- चैत २०८१

डीआरसीएनले असोज-चैत २०८१ मा वेस्टमिन्स्टर फाउन्डेसन फर डेमोक्रेसी (डब्लूएफडी) को सहयोगमा नेपालमा समावेशी राजनीतिक सहभागिता र सामाजिक-आर्थिक विकासमा राजनीतिक खर्चसम्बन्धी एक अध्ययन सञ्चालन छ । यो अनुसन्धानले राजनीतिक व्यक्तिले निर्वाचनमा सहभागी हुन र राजनीतिक पदमा रहन गरेको वित्तीय लगानीको लेखाजोखा गर्दछ । यसले चुनावी खर्चलाई प्रभाव पार्ने कारक पहिल्याइ एक उम्मेदवारले चुनाव लड्न निर्णय गरेदेखि, छनोट र मनोनयन, चुनाव, पद धारण गर्ने सम्मको एक निर्वाचन चक्रमा भएको लागतको अध्ययन गर्छ । साथै, महिला, युवा र सीमान्तकृत समूहका उम्मेदवारको निर्वाचनमा सहभागिताको लागि पर्ने वित्तीय भार र त्यसको सामाजिक-आर्थिक प्रभावहरूको मूल्याङ्कन गर्दछ । त्यस्ता वित्तीय भारलाई नियमन गर्न कानुनी, नीतिगत र कार्यक्रमगत उपायहरूको पनि खोजी गर्दछ ।
साझेदारी गर्नुहोस्: