Skip to content
  • Home
  • Our Team
  • Career
  • Contact
  • NP
  • EN
Democracy Resource Center
  • About DRCN
  • Research
    • Research Projects
  • Reports
  • News and Updates
  • Gallery
Search

सन्दर्भ ग्रन्थ सूची निर्माण प्रक्रिया र यसको उपयोगिता – २०७८ भदौ १३ (२९ अगस्त २०२१)

19/08/2021
FacebookTweet

डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजनामा मिति २०७८ भदौ १३ (२९ अगस्त २०२१) मा ”सन्दर्भ ग्रन्थ सूची निर्माण प्रक्रिया र यसको उपयोगिता” विषयक कार्यशाला आयोजना हुँदेैछ । यो कार्यशाला विशेष गरी अनुसन्धानमा रुचि राख्ने युवा पुस्ताका स्वतन्त्र अनुसन्धानकर्ता, विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी तथा पत्रकारलाई लक्षित गरी आयोजना गरिएको हो । यस कार्यशालामा प्राज्ञिक अनुसन्धान तथा लेखनको अभिन्न पक्ष सन्दर्भ ग्रन्थ सूची (Bibliography) निर्माण कसरी गरिन्छ तथा यसको उपयोग कहाँ र कसरी हुन्छ भन्ने बारेमा प्रस्तुति र छलफल गरिनेछ । यसका लागि यस कार्यमा संलग्न अभ्यासकर्ता/अनुसन्धाता तथा प्राज्ञिक अनुसन्धान क्षेत्रका विज्ञले आफ्नो प्रस्तुति दिनुहुनेछ भने सहभागीहरूले सम्बन्धित विषयमा वक्ताहरूसँग आ-आफ्ना जिज्ञासा वा प्रश्न राख्न सक्नुहुनेछ । यो कार्यक्रम अनलाइन आयोजना गरिनेछ । कार्यक्रममा सहभागिताका लागि इच्छुक अनुसन्धाता, विद्यार्थी, पत्रकार र अन्य जोसुकैले तल दिइएको जुम मिटिङको लिंक मार्फत नि:शुल्क नाम दर्ता गर्न सक्नुहुनेछ ।

कार्यक्रम : सन्दर्भ ग्रन्थ सूची निर्माण प्रक्रिया र यसको उपयोगिता
मिति र समय : १३ भदौ २०७८ (29 August 2021), आइतबार, दिउँसो ३ बजे

वक्ताहरू :
अमिना सिंह, स्कूल अफ म्यानेजमेन्ट, काठमाडौं विश्वविद्यालय
सन्जिला मोक्तान, मार्टिन चौतारी, र
हर्षमान महर्जन, मार्टिन चौतारी

नाम दर्ताका लागि लिंक :
https://bit.ly/3yZwq36

Facebook LIVE:
www.fb.com/democracyresourcecenternepal
www.fb.com/martinchautari

Share with:
FacebookTweet
Subscribe  
Democracy Resource Center

For more info

  • Kupandole Height
  • info@democracyresource.org
  • About DRCN
  • Research Projects
  • News and Updates
  • Contact
© Copyright 2017-2019 Democracy Resource Center Nepal | All Rights Reserved | Powered By: 10Orbits