यस राजनीतिक परिवेश विश्लेषणले नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रियामा द्वन्द्वपीडितका समयसँगै परिवर्तित आवश्यकताहरूको अध्ययन गरेको छ । यसमा आर्थिक सहयोग, शिक्षा तथा रोजगारी, स्वास्थ्य उपचार, कानुनी सहायतालगायतका विषय समेटिएका छन् । त्यसैगरी, समयक्रममा पीडितहरूको न्यायसम्बन्धी धारणा र प्राथमिकतामा आएको परिवर्तन, सत्यको खोजी, परिपूरण तथा राज्यबाट औपचारिक मान्यता प्राप्त गर्ने माग, साथै यी आवश्यकताहरू सम्बोधन गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारबाट भएका प्रयासहरूको समेत विश्लेषण गरिएको छ ।