यस राजनीतिक परिवेश विश्लेषणले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई केन्द्रमा राख्दै प्रतिनिधित्व, नेतृत्व, आन्तरिक लोकतन्त्र, नीतिगत अभिमुखीकरण र संशोधित विधानका विभिन्न पक्षको विश्लेषण गर्दछ । रास्वपाले आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा प्रस्तुत गरेको दाबी र महाधिवेशनका क्रममा देखिएका नेतृत्वको केन्द्रीकरण, आन्तरिक प्रतिस्पर्धाको सीमितता तथा समावेशितामा देखिएको असमानताबीचको अन्तरलाई पनि यसले केलाएको छ ।