डीआरसीएनबारे
स्थापना
डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) वि.सं. २०७१ मा स्थापना भएको एक गैर–सरकारी, गैर–पक्षपाती तथा गैर–नाफामुखी संस्था हो । यस संस्थामा निर्वाचन अवलोकन, राजनीतिक प्रक्रिया र नीति अनुसन्धानका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव भएका विज्ञहरूको सहभागिता रहेको छ ।
स्थापनाकालदेखि नै डीआरसीएनले नेपालको सामाजिक तथा राजनीतिक विषयका विविध पक्षमा अध्ययन र अनुसन्धान गर्दै आएको छ । विशेषगरी संघीयताको कार्यान्वयन, स्थानीय तहको पुनर्संरचना तथा निर्वाचन पर्यवेक्षण जस्ता नेपालको संक्रमणकालीन राजनीतिक परिदृश्यका महत्त्वपूर्ण पक्षहरूमा तथ्यमा आधारित अनुसन्धान गर्दै आएको छ । यी अध्ययनका नतिजाहरू सरोकारवालासँग प्रस्तुत गर्दै नीतिगत संवाद, बहस र छलफललाई प्रवर्द्धन गर्दै आएको छ, जसले नेपालको लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन योगदान पुर्याएको छ ।
ध्येय र दृष्टि
दृष्टी
समावेशिता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यमा आधारित एक सुदृढ लोकतान्त्रिक समाज निर्माण गर्नु डीआरसीएनको दृष्टि हो, जहाँ शासकीय संस्थाहरू पारदर्शी, उत्तरदायी र जनताप्रति संवेदनशील हुन्छन् ।
ध्येय
नेपालको संघीय संरचनाभित्र प्रभावकारी र उत्तरदायी सुशासन प्रवर्द्धन गर्नु डीआरसीएनको ध्येय हो । यसका लागि वस्तुनिष्ठ तथा तथ्यमा आधारित अनुसन्धान, स्थानीय स्तरमा अवलोकन, निष्पक्ष प्रतिवेदन, र सरोकारवालाबीच रचनात्मक नीतिगत संवादलाई प्रवर्द्धन गरिन्छ ।
समाचार र अपडेट

मेरो पहिलो मत : अधिकार र जिम्मेवारी
Democracy Dialogue – A Monthly Discussion Series in Collaboration with Martin Chautari (in Nepali) विषय
















