सन्दर्भ ग्रन्थ सूची निर्माण प्रक्रिया र यसको उपयोगिता
कार्यशालामा नाम दर्ताका लागि अनुरोध मार्टिन चौतारी र डेमोक्रेसी रिसोर्स सेन्टर नेपालको संयुक्त आयोजनामा मिति २०७८ भदौ १३ (२९ अगस्त २०२१) मा ”सन्दर्भ ग्रन्थ सूची निर्माण प्रक्रिया र यसको उपयोगिता” विषयक कार्यशाला आयोजना गरिएको छ । यो कार्यशाला विशेष गरी अनुसन्धानमा रुचि राख्ने युवा पुस्ताका स्वतन्त्र अनुसन्धानकर्ता, विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी तथा पत्रकारलाई लक्षित गरी आयोजना गरिएको हो । यस कार्यशालामा प्राज्ञिक अनुसन्धान तथा लेखनको अभिन्न पक्ष सन्दर्भ ग्रन्थ सूची (Bibliography) निर्माण कसरी गरिन्छ तथा यसको उपयोग कहाँ र कसरी हुन्छ भन्ने बारेमा प्रस्तुति र छलफल गरिनेछ । यसका लागि यस कार्यमा संलग्न अभ्यासकर्ता/अनुसन्धाता तथा प्राज्ञिक अनुसन्धान क्षेत्रका विज्ञले आफ्नो प्रस्तुति दिनुहुनेछ भने सहभागीहरूले सम्बन्धित विषयमा वक्ताहरूसँग आ-आफ्ना जिज्ञासा वा प्रश्न राख्न सक्नुहुनेछ । यो कार्यक्रम अनलाइन आयोजना गरिनेछ । कार्यक्रममा सहभागिताका लागि इच्छुक अनुसन्धाता, विद्यार्थी, पत्रकार र अन्य जोसुकैले तल दिइएको जुम मिटिङको लिंक मार्फत नि:शुल्क नाम दर्ता गर्न सक्नुहुनेछ ।
कार्यक्रम : सन्दर्भ ग्रन्थ सूची निर्माण प्रक्रिया र यसको उपयोगिता
वक्ताहरू : अमिना सिंह, स्कूल अफ म्यानेजमेन्ट, काठमाडौं विश्वविद्यालय सन्जिला मोक्तान, मार्टिन चौतारी, र हर्षमान महर्जन, मार्टिन चौतारी
मिति र समय : १३ भदौ २०७८ (29 August 2021), आइतबार, दिउँसो ३ बजे
नाम दर्ताका लागि लिंक : https://bit.ly/3yZwq36