नेपाल लाइभ

काठमाडौं– मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदाताले मतदान गर्न उदासिनता देखाएको देखिएको छ। उक्त निर्वाचनमा पर्यवेक्षण गर्न अनुमति पाएको डेमोक्रेसी रिसोर्स सेन्टरले सार्वजनिक गरेको नेपालको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को पर्यवेक्षण प्रतिवेदनमा उक्त कुरा उल्लेख छ। 

 

पुरानै उम्मेदवारहरुको निरन्तरता, कोभिड जस्तो महामारीमा राजनीतिक नेतृत्व जनतासँग नजोडिनु र आफ्ना राजनीतिक अजेण्डामा दलहरु प्रतिबद्ध नहुनुले जनताले मतदान गर्न उदासिनता देखाएको निष्कर्ष छ। 

त्यस्तै, निर्वाचनमा विपरीत विचार बोकेका दलहरुको गठबन्धनले गर्दा पनि मतदाता तथा कार्यकार्ताहरुलाई निर्वाचन प्रकृयामा सहभागी हुन अस्विार गरेको देखिएको उक्त प्रतिवेदनमा उल्लेख छ। 

‘प्रत्येक आवधिक निर्चवानमा उही र उस्तै उम्मेदवार प्रतिस्पर्धामा रहेको तर जितेर जानेले वाचा पूरा नगरेकाले यस पटक मतदान गर्ने जाँगर नभएको मतदाताले बताए,’ प्रतिवेदनमा उल्लेख छ, ‘फरक राजनीतिक आस्था र सिद्धान्त बोक्ने दलबीच तालमेल भएकोले पनि विगतका चुनावको तुलनामा यो चुनावमा दलका कार्यकर्ता तथा समर्थकमा उत्साहजनक सहभागिता नदेखिएको तर्क दलका प्रतिनिधिले गरे।’

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  

स्रोत : https://nepallive.com/story/303045