पहिलो चरण प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन अघि असोज १३ देखि कात्तिक ४ सम्म को अवधिमा निर्वाचनसम्बन्धी छ घटना घटेको रेकर्ड गरियो ।ज्ञ छमध्ये तीन घटना प्रदेश २ मा तेश्रो चरण स्थानीय तह निर्वाचनसम्बन्धी थिए । एक घटना तलबको लागि निर्वाचन अधिकारीहरूले विरोध प्रदर्शन गरेसम्बन्धी थियो । दोश्रो घटना मतगणनामाथि विवाद र तेश्रो विजय जुलुसमा राजनीतिक दलहरूबीच झडपका थिए । अन्य तीन घटना आउँदो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्बन्धी थिए । ती मध्ये दुइटा घटना उम्मेदवार चयन र एउटा राजनीतिक दलका कार्यकर्ताहरूले मतदाताहरूलाई धम्की दिएको सम्बन्धी थिए ।