निर्वाचनको वातावरणमा सप्तरी घटनाको असर विश्लेषणः अद्यावधि — २
नेपाल सरकारले २०७३ फागुन ९ गते विगत बीस वर्षमा पहिलो स्थानीय तहको निर्वाचन २०७४ बैशाख ३१ मा सम्पन्न हुने घोषणा गर्यो ।नागरिकहरु आफ्ना समुदायमा स्थानीय प्रतिनिधिहरु चयन गर्न आतुर रहेको हुनाले यस घोषणाको प्रतीक्षामा नै थिए । तथापि यस घोषणासँगै तराईका विभिन्न ठाउँमा विरोध र हिंसात्मक झडपहरु भए, जहाँ संविधान विवादित रहेको छ र चुनाव हुनु अगावै विभिन्न राजनीतिक मुद्दाहरु समाधान गरिनुपर्ने लामो समयदेखिको माग छ । मधेशी प्रदशर्नकारी र नेकपा (एमाले) का कार्यकर्ताहरुबीच झडप र यी दुई समूहबीचको तनाव समाधान गर्न सुरक्षा दस्ताहरु परिचालित हुँदा कम्तीमा चार जनाको मृत्यु भयो र अनेकौं घाइते भए । राजनीतिक समाधान नखोजिकनै मुलुक निर्वाचनतर्फ अगडि बढ्ने हो भने विरोध, झडप, र परिणामतः हिंसात्मक घटनाहरु निरन्तर जारी रहने गहिरो चिन्ता विद्यमान छ ।