तेश्रो चरण निर्वाचनको मतगणना अवधिमा निर्वाचनसम्बन्धी आठ घटना घटे । तीनै चरणको निर्वाचनको मतगणना अवधिमा सबैभन्दा न्यून संख्यामा घटना घटेको यही नै हो । पहिलो चरणको मतगणना अवधिमा निर्वाचनसम्बन्धी १३ घटना रेकर्ड भए भने दोश्रो चरणमा १४ घटना रेकर्ड भए । तीनै चरणको निर्वाचनको समाप्तीपछि निर्वाचनसम्बन्धी सबैभन्दा कम घटना तेश्रो चरणको अवधिमा प्रदेश २ मा घटे । तेश्रो चरणको अवधिमा भएका आठ घटनामध्ये पाँच घटना राजनीतिक दलहरुबीच झडपसम्बन्धीे थिए, जसमध्ये एक रदातमा एकजना राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) कार्यकर्ताको मृत्यु भयो । तीन घटना मतगणना केही समयको लागि स्थगन भएसम्बन्धी थिए ।