Democracy Dialogue – A Monthly Discussion Series in Collaboration with Martin Chautari (in Nepali)

डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डीआरसीएन) र मार्टिन चौतारीको सह-आयोजनामा “कोभिड-१९ महामारीकालमा स्थानीय सरकारको बजेट प्राथमिकता तथा कार्यान्वयन” सम्बन्धी छलफल कार्यक्रम हुन गइरहेको छ । छलफलमा सातै प्रदेशका स्थानीय तहमा गरिएको अध्ययनका निष्कर्ष प्रस्तुत गरिनुका साथै स्थानीय तहका तीन जना जनप्रतिनिधिले टिप्पणी र आफ्ना अनुभव प्रस्तुत गर्नुहुनेछ । त्यसपछि छलफल खुला गरिनेछ । कार्यक्रममा सहभागी हुन चाहने सबैलाई निम्तो छ । अनलाइन माध्यमबाट हुने उक्त छलफलमा सहभागिताका लागि आवश्यक जानकारी तल उल्लेख छ ।

विषय : कोभिड−१९ महामारीकालमा स्थानीय सरकारको बजेट प्राथमिकता तथा कार्यान्वयन

वक्ताहरू : मञ्जु मलासी, प्रमुख, दिपायल सिलगढी नगरपालिका, डोटी रंगिला कुमारी जैसवाल, उप-प्रमुख, गरुडा नगरपालिका, रौतहट


लेख बहादुर तामाङ (दर्शन लामा), वडा अध्यक्ष, पोखरा महानगरपालिका-१३, कास्की

मिति र समय : २०७७ माघ २१ गते/3 February 2021 (बुधबार, दिउँसो १ बजे)

 स्थान : जुम आईडीका लागि : http://bit.ly/2YpdKJj

फेसबुक लाइभ : www.fb.com/democracyresourcecenternepal

www.fb.com/martinchautari