असार १४ मा सम्पन्न निर्वाचनको मतगणना अवधिमा भएका घटना विश्लेषण: अद्यावधि — ९
यस अवधिमा घटेका १४ घटनामध्ये आठ घटना विभिन्न प्रतिस्पर्धी दलका कार्यकर्ताहरूबीच झडपको रहयो भने दुई घटनामा अज्ञात समूह संलग्न रहे । अन्य चार घटनाहरु यस प्रकार छन्: झापाको दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताहरूले निर्वाचन आयोगले पहिला उनीहरूको पक्षमा रहेको निर्वाचन परिणामलाई बदलेको विरोधमा प्रदर्शन गरे; एउटा मतपत्र हराएपछि मुख्य दलहरूले झापाको अर्जुनधारा नगरपालिकाको मतगणना केन्द्रमा तालाबन्दी गरे; नेपाली काँग्रेसका कार्यकर्ताहरूले निर्वाचनमा आफ्नै दललाई अन्तर्घात गरेको भन्दै एकजना कार्यकर्तालाई कालोमोसो दले; र निर्वाचन विरोधी गतिविधि गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकर्ताहरू र स्वतन्त्र मधेशको अभियानमा रहेको एउटा समूहको एकजना कार्यकर्तालाई प्रहरीले समात्यो ।