प्रथम चरण स्थानीय निर्वाचनको प्रारम्भिक पर्यवेक्षण प्रतिवेदन

वैशाख ३१, २०७४ मा नेपाली जनताले भर्खरै गठन गरिएका स्थानीय एकाईहरूका लागि प्रतिनिधि चयन गर्न दुई चरणमा हुँदै गरेको निर्वाचनको पहिलो चरणमा मतदान गरे । वैशाख १८, २०७४ देखि डेमोक्रेसी रिसोर्स सेन्टर (डीआरसी) नेपालले वैशाख ३१ र जेठ ३१ मा हुने दुवै निर्वाचन पर्यवेक्षणका लागि आठ घुम्ती पर्यवेक्षण टोलीहरू खटाएको छ । यस प्रतिवेदनमा वैशाख ३१ को पहिलो चरणको निर्वाचनअघि, निर्वाचनका दौरान तथा निर्वाचन पश्चातका राजनीतिक तथा निर्वाचनसम्बन्धी परिवेशबारे डीआरसी नेपालको पर्यवेक्षणका प्रारम्भिक परिणाम समेटिएका छन् ।

साझेदारी गर्नुहोस्: